सर्वाेच्चका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान

हिमाल प्रेस १५ भदौ २०८० १२:०५
8
SHARES
सर्वाेच्चका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान सर्वोच्च अदालत

काठमाडौँ- संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्मा उपर उजुरी दिन आह्वान गरेको छ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले न्याय परिषद्‌बाट सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका शर्माउपर उजुरीका लागि आह्वान गर्ने निर्णय गरेको हो। समितिका सभापति पशुपतिशमशेर जवराले संसदीय सुनुवाइको कार्यविधिअनुसार उजुरी दिन १० दिनको सूचना जारी गर्ने निर्णय गरिएको जानकारी दिए।

सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली मर्यादित भाषामा सूचना वा उजुरी दिन सकिने उहाले बताए।
यसअघि भाद्र १० गते बसेको न्याय परिषद्को बैठकले शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो।

उनलाई यसअघि पनि सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिएको थियो। तर, संसदीय सुनुवाइ नहुँदा सुनुवाइ प्रक्रिया रोकिएको थियो।

प्रकाशित: १५ भदौ २०८० १२:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 15 =