आईपीएल : चेन्नइसँग गुजरात स्तब्ध

हिमाल प्रेस १४ चैत २०८० ७:११
8
SHARES
आईपीएल : चेन्नइसँग गुजरात स्तब्ध

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नइ सुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ।

गएराति सम्पन्न खेलमा चेन्नइले गुजरात टाइटन्सलाई ६३ रनले पराजित गरेको हो।

चेन्नइले दिएको २०७ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन मात्र बनाएको थियो।

टस हारेर पहिला ब्याटिंङ गरेको चेन्नइले २० ओभरमा ६ विकेट गुमाउदै २०६ रन बनाएको हो।

जितपछि चेन्नइको २ खेलमा ४ अंक भएको छ र अंक तालिकामा शीर्ष स्थानमा रहेको छ।

प्रतियोगिता अन्तरगत आज सनराइजर्स हैदरबाल र मुम्बई इन्डियन आमने सामने हुनेछन्।

प्रकाशित: १४ चैत २०८० ७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 5 =