आईपीएल : चेन्नईसँग मुम्बई पराजित

हिमाल प्रेस ३ वैशाख २०८१ ७:३२
6
SHARES
आईपीएल : चेन्नईसँग मुम्बई पराजित

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नईसुपर किंग्ससँग मुम्बई इन्डियन्स पराजित भएको छ। आइतबार रातिको खेलमा मुम्बई चेन्नाईसँग २० रनले हारेको हो।

चेन्नाईले दिएको २०७ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईले ६ विकेट गुमाएर १८६ रन मात्रै बनाउन सक्यो।

मुम्बईका लागि रोहित शर्मा शतक प्रहार गरी नट आउट रहे। उनले ६३ बलमा ११ चौका र ५ छक्का प्रहार गरी १०५ रन बनाए।

त्यस्तै तिलक बर्माले २० बलमा ५ चौका प्रहार गरी ३१ रनको जोडे। ओपनर इशान किशनले १५ बलमा ३ चौका र १ छक्का प्रहार गरी २३ रनको योगदान गरे।

सूर्यकुमार यादव शून्य रन बनाएर आउट हुँदा कप्तान हार्दिक पाण्ड्या २, रोमारियो शेफर्ड १ र टिम डेविड १३ रन बनाएर आउट भएका थिए।

बलिङतर्फ चेन्नाईका मथिश पाथिरानाले ४ विकेट लिँदा तुशार देशपाण्डे र मुस्ताफिजुर रहमानले १ विकेट लिए।

वाङ्खेडे स्टेडियममा पहिले ब्याटिङ गरेको चेन्नईले ४ विकेट गुमाएर २०६ रन बनाएको थियो।

चेन्नाईका लागि शिवम दुबे ६६ र महेन्द्रसिंह धोनी २० रन बनाएर नट आउट रहे। दुबेले ३८ बलमा १० चौका र २ छक्का प्रहार गरे भने ४ बल खेलेका धोनीले ३ छक्का प्रहार गरे।

त्यसअघि कप्तान रूतुराज गायकवाडले ४० बलमा ५ चौका र ५ छक्का हानेर ६९ रन बनाएका थिए।

ओपनर रचिन रविन्द्रले १६ बला २ चौका र १ छक्का प्रहार गरी २१ रन जोड्दा अर्का ओपनर अजिंक्य रहाणे ५ रन बनाएर आउट भएका थिए।

त्यस्तै ड्यारिल मिचेलले १४ बलमा १ चौका प्रहार गरी १७ रनको योगदान गरे।

जितसँगै चेन्नईअंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। उसले ६ खेलबाट ८ अंक जोडेको छ।

राजस्थान रोयल्स ६ खेलबाट १० अंक जोड्दै शीर्षस्थानमा छ भने एक खेल कम खेलेको कोलकत्ता नाइट राइडर्स ८ अंक जोड्दै दोस्रो स्थानमा छ।

पाँच खेलबा६ ६ अंक जोडेको सनराइजर्स हैदरावाद चौथो स्थानमा छ।

प्रकाशित: ३ वैशाख २०८१ ७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 7 =