प्रेमदीपलाई इलाम-२ मा जनमतको समर्थन

हिमाल प्रेस १३ चैत २०८० ७:०४
20
SHARES
प्रेमदीपलाई इलाम-२ मा जनमतको समर्थन

काठमाडौँ- इलाम-२ मा सिके राउत नेतृत्वको जनमत पार्टीको समर्थनमा प्रेमदीप थाम्सुहाङ उम्मेदवार बन्ने भएका छन्।

जनमतले औपचारिक रूपमा निर्णय गर्दै प्रेमदीपलाई उम्मेदवार बनाउने भएको हो। जनमतले आफूलाई पहिचानवादी दाबी गर्दै पहिचानको एजेन्डा अघि सारेको छ।

थाम्सुहाङ किरात-लिम्बुवान प्रदेश नामांकन समितिका अध्यक्ष पनि छन्।

वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ। यसका लागि यही चैत २४ गते उम्मेदवारी दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ।

प्रकाशित: १३ चैत २०८० ७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 15 =