सहकारीको रकम ठगेको प्रमाणित गर्न कांग्रेसलाई गृहमन्त्री लामिछानेको चुनौती

हिमाल प्रेस १० चैत २०८० १७:३८
18
SHARES
सहकारीको रकम ठगेको प्रमाणित गर्न कांग्रेसलाई गृहमन्त्री लामिछानेको चुनौती

काठमाडौँ– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीको आरोप प्रमाणित गर्न प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई चुनौती दिएका छन्। ठगीको आरोप लागेका लामिछाने गृहमन्त्री नियुक्त भएको भन्दै नेपाली कांग्रेसले उनको

राजीनामा माग गर्दै आएको छ। साथै गृहमन्त्री लामिछानेले बोल्न खोज्दा कांग्रेस सांसदहरूले प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएका छन्। लामिछानेले नेपाली कांग्रेसका केही नेताले कैयौँ होनाहार र लामो राजनीतिक इतिहास बोकेका नेताहरूलाई आफूविरुद्ध भ्रम छरिरहेको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार राजधानीमा आयोजना गरेको वर्तमान समयमा पार्टीको कार्यनीतिक विषयक कार्यक्रममा सम्बोधन गर्दै पार्टी सभापतिसमेत रहेका लामिछानेले भने, ‘प्रहरीले ड्रयरमा राखेको एउटा निवेदनका भरमा नेपाली कांग्रेसले संसद् अवरुद्ध गरिरहेको छ। लोकतन्त्रको इतिहासमा यो भन्दा मजाक के होला?’

यसैगरी उनले आफूमाथि लागेको ठगीका आरोपबारे जुन मितिमा जहाँ उभिएर बहस गर्न तयार रहेको बताए। उनले भने, ‘मलाई प्रमाणित गरिदिनुहोस् त्यहाँ बसेर राजीनामा गरेर हुँदैन।’ उनले सदनमा कांग्रेसले आफ्नो कुरा सुन्ने साहस नगरेको बताए। उनले भने, ‘म टुँडिखेलमै बसेर बहस गर्न तयार छु।’ साथै लामिछानेले संसद्मा प्रतिपक्षीको भूमिका कस्तो हुँदो रहेछ भनेर सिक्न रास्वपाबाट सिक्न कांग्रेस सांसदलाई आग्रह गरे।

लामिछानेले सहकारी पीडित संघर्ष समितिका नाममा कांग्रेसले राजनीति गरिरहेको आरोप लगाए। त्यस्ता समितिसँग आफूले वार्ता नगर्ने लामिछानेको भनाइ छ। उनले भने, ‘मलाई थाहा छ, कतिपय संघर्ष समितिहरू बन्छन्। म अब सदस्यतै नभएको मान्छेलाई विभिन्न मानिसबाट कारबाही गर कारबाही गर भनेर उचालेका मान्छेहरूसँग के कुरा गर्नु?’

गृहमन्त्री लामिछानेले वास्तविक पीडितलाई मन्त्रालयमा आउन अनुरोध गरे। ‘संघर्ष समिति र नेता बोकेर होइन, पीडा लिएर आउनुहोस्, विगतमा आँसु झार्दै आएको मान्छेलाई हँसाएर पठाएको छु। अब पनि त्यसै गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

समिति बनाएर आफ्नो ऋण घरगाडी सबै सुरक्षित राख्ने अनि पीडितको नेता भन्ने र त्यहाँभित्र बसेर राजनीति गर्नेसँग कुरा नगर्ने लामिछानेको भनाइ छ। उनले भने, ‘म पीडितसँग कुरा गर्न तयार छु। हरेक पीडितसँग एकएकजनासँग कुरा गर्न तयार छु।’

सहकारी रकम ठगीको आरोप लागेका जीबी राईसँग आफ्नो कुनै सम्बन्ध नरहेको लामिछानेले स्पष्ट पारे। उनले भने, ‘टेलिभिजनमा काम गर्दा सहकार्य भएको हो। त्यसपछि कुनै सम्बन्ध छैन।’ राईलाई आकाश पाताल जहाँ भए पनि कानुनी कारबाही गरिने प्रतिबद्धता लामिछानेको छ।

यसैगरी लामिछानेले सहकारीको पीडितको रकम फिर्ता नगरेसम्म राजनीतिबाट विश्राम नलिने बताए। गृहमन्त्रीले भने, ‘सहकारी सहकारी भनेर कसले आफ्नो कालो धन लुकाउन खाता पनि नभएको मान्छेलाई ठग भनिरहेको छ, दूधको दूध पानीको पानी निस्कन्छ। त्यो भन्दा पहिला सहकारीमा बचत गरेका बचत गरेकाहरूको ब्याजसहित फिर्ता नगरेसम्म राजनीतिबाट विश्राम लिन्नँ।’

उनले ठगी गर्नेलाई सम्पूर्ण शक्ति लगाएर सरकारले आकाशमा होस् पातालमा होस् समाएर ल्याउने बताए। ‘सहकारीपीडितको पैसा एकसेएक सबैलाई असुल गराइनेछ। समय कति लाग्छ मलाई थाहा छैन’, लामिछानेले भने।

गृहमन्त्री भन्छन्, प्रतीक्षा गर्नुहोस्, तीनै थरीका माछा समातिनेछन्

प्रकाशित: १० चैत २०८० १७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 3 =