सशस्त्रका लागि स्तरीय भवन निर्माण गर्ने गृहमन्त्री लामिछानेको प्रतिबद्धता

हिमाल प्रेस २३ पुष २०७९ १७:४९
4
SHARES
सशस्त्रका लागि स्तरीय भवन निर्माण गर्ने गृहमन्त्री लामिछानेको प्रतिबद्धता फाइल तस्बिर।

काठमाडौँ– उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले प्रशासनिक एवम् व्यवस्थापकीय पक्षमा कुनै गल्ती कमजोरी नगरी काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन्।

शनिबार काठमाडौँमा सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको अवलोकन भ्रमण गर्दै लामिछानेले यस्तो निर्देशन दिएका हुन्। विगतमा भएका कमी कमजोरी सुधार्दै लाँदै कुनै कमजोरी नगरी कार्यसम्पादन गर्न उनले सशस्त्र प्रहरीलाई निर्देशन दिएका हुन्। सशस्त्र प्रहरीलाई पूर्वाधारसँगै थप व्यवसायिक बनाउन आफ्नो क्षमताले भ्याएसम्म लाग्ने उनले प्रतिबद्धता व्यक्त गरे।

तराईको चर्को गर्मीदेखि हिमालको ओलांचुंगोला र छाङ्रुकको चिसोमा तैनाथ अधिकृत तथा जवानहरूको बसाइका लागि भवन र भौतिक पूर्वाधार कमजोर हालतमा रहेको भन्दै यसमा सरकारले विशेष ध्यान दिने उनले बताए। सशस्त्र प्रहरीहरूलाई सुविधासम्पन्न भवनमा बासको व्यस्था मिलाउन गृह मन्त्रालय लागिपर्ने पनि उनको भनाइ छ।

कार्यक्रमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मुलुकको जुनसुकै स्थानमा जस्तोसुकै भुमिकाका लागि आफुहरू परिचालित हुँदै आएको जानकारी गराए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =