गृहमन्त्रीप्रति आक्रामक कांग्रेस, ‘छानबिन गर्न नहुने के उहाँ स्वर्गबाट झरेको हो?’

हिमाल प्रेस ७ चैत २०८० ११:४०
8
SHARES
गृहमन्त्रीप्रति आक्रामक कांग्रेस, ‘छानबिन गर्न नहुने के उहाँ स्वर्गबाट झरेको हो?’ प्रतिनिधिसभाको बैठकलाई सम्बाेधन गर्दै कांग्रेस सांसद ईश्वरीदेवी न्यौपाने। तस्बिर : दीपेश श्रेष्ठ/ हिमाल प्रेस

काठमाडौँ- नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने अडान दोहोर्‍याएको छ। प्रतिनिधिसभा बैठकमा बुधबार बोल्दै कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले सहकारी प्रकरणमा लामिछाने दोषी देखिएको दाबी गरेकी हुन्। यसअघि मंगलबारको बैठकमा सम्बोधन गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले लामिछानेका सम्बन्धमा छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने बताएका थिए।

सांसद न्यौपानेले बुधबारको बैठकमा सोही अडान दोहोर्‍याएकी हुन्।  प्रधानमन्त्रीले लामिछानेलाई दोषी देखाउन नखोजे पनि प्रमाणहरू रहेको  दाबी न्यौपानेको छ। उनले आफूहरूले संसदीय समितिको माग गर्दा गृहमन्त्रीले अनावश्यक प्रतिक्रिया जनाएको समेत बताइन्।

‘गृहमन्त्रीज्यूले कांग्रेस अनावश्यक कुरा गरेको र संसद् अवरुद्ध गर्न चाहेको भन्नुभएको छ। अरूमाथि छानबिन गर्न समिति बनाउन हुने। उहाँ (लामिछाने) माथि नहुने? उहाँ के स्वर्गबाट आएको हो?’ न्यौपानेले प्रश्न गरिन्।

नेपाली कांग्रेसले गृहमन्त्री नियुक्त गरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउँदै संसद् अवरुद्ध गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार संसद्मा जबाफ दिएका थिए। सहकारी प्रकरणमा लामिछाने दोषी नरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले उनको बचाउ गरेका थिए।

प्रकाशित: ७ चैत २०८० ११:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 9 =