ममाथि परिवारवादको आरोप पहिलोपटक होइन : नारायण दाहाल

हिमाल प्रेस २८ फागुन २०८० १६:४६
2
SHARE
ममाथि परिवारवादको आरोप पहिलोपटक होइन : नारायण दाहाल

काठमाडौँ- सत्ता गठबन्धनबाट राष्ट्रियसभाको अध्यक्ष पदका उम्मेदवार नेकपा माओवादी केन्द्रका सांसद नारायण दाहालले पार्टीमा आफूले दिएको योगदान र जिम्मेवारीका आधारमा उम्मेदवारी दिएको बताए।

अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेपछि उनले भने,‘सामान्यतः प्रदेशको सहइञ्चार्जको जिम्मेवारीमा जाँदासमेत पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परिवारसँग जोडेर हेर्ने गरिन्थ्यो, यो आरोप पहिलोपटक होइन।’

आफू २०३६ सालदेखि राजनीतिक गतिविधिमा लागेकामा त्यो योगदानबारे थाहै नपाएका पक्षले आफूमाथि आरोप लगाएको जनाउँदै उनले भूमिका नै नबुझी यसरी बारम्बार प्रश्न गर्दा कति न्याय होला भनी प्रश्न गरे।

‘त्यसबेला यदि दाजुभाइको नाता लगाउनेले युद्धमा हिँड्दा दाइ हिँडेको छ,परिवारका सबै किन हिँड्नुपर्‍यो भनी किन प्रश्न नगरेको ?’ दाहालले प्रश्न गरे। त्यसबेला युद्धमा नलाग्दा आफ्नो परिवार बचाउन लाग्यो भन्ने नेतृत्वलाई लाञ्छना लाग्ने गरेको उनले सुनाए।

‘मैले आफ्नो योगदानअनुसारको जिम्मेवारी पाउन लागेको छु,सिङ्गो पार्टी पङ्क्तिले एकमतका साथ मलाई उम्मेदवार बनाउने निर्णय गरेको छ,’ यसलाई अन्यथा लिन मिल्दैन,दाहालले भने।

प्रकाशित: २८ फागुन २०८० १६:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − sixteen =