सातदोबाटोमा बोलेरो दुर्घटना, चालकको मृत्यु

हिमाल प्रेस २५ फागुन २०८० १७:५८
28
SHARES
सातदोबाटोमा बोलेरो दुर्घटना, चालकको मृत्यु

काठमाडौँ- ललितपुर महानगरपालिका–१५ सातदोबाटोस्थित सडकमा शुक्रबार गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

बाग्मती प्रदेश ०१–०२९ प ९०४६ नम्बरको बोलेरो गाडी आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालक रामेछाप मन्थली घर भई भक्तपुर सिपाडोल बस्ने २१ वर्षीय राम कुमार रायको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २५ फागुन २०८० १७:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − five =