महाशिवरात्रि : चार हजार सुरक्षाकर्मी पाशुपत क्षेत्रमा परिचालन

हिमाल प्रेस २५ फागुन २०८० ६:२५
10
SHARES
महाशिवरात्रि : चार हजार सुरक्षाकर्मी पाशुपत क्षेत्रमा परिचालन

काठमाडौँ- पाशुपत क्षेत्रमा महाशिवरात्रि मेलाका लागि चार हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाइ लागू गरेको जनाएकाे छ।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले तीन चरणमा परिचालन हुने गरी ड्रोनसहित सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए।

उनीहरू बिहीबार राति १० बजेदेखि नै सुरक्षार्थ खटिएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय तथा जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रूपमा उक्त सुरक्षा योजना बनाइ लागू गरेको उनले बताए।

प्रकाशित: २५ फागुन २०८० ६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =