राष्ट्रपतिद्वारा पशुपतिनाथ मन्दिरमा पूजा आराधना

हिमाल प्रेस ६ फागुन २०७९ २०:५६
16
SHARES
राष्ट्रपतिद्वारा पशुपतिनाथ मन्दिरमा पूजा आराधना शनिबार पशुपतिनाथ मन्दिर दर्शनका क्रममा राष्ट्रपति भण्डारी। तस्बिर- रासस

काठमाडौँ– महाशिवरात्रिको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवम् दर्शन गरेकी छन्। पूजा आराधनापछि पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टबाट राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गरेकी छन्।

सो क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, कोषका सदस्यसचिव डा. मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, परिषद्का सदस्यहरू, कार्यकारी निर्देशकलगायतका कर्मचारीले राष्ट्रपतिको स्वागत गरे।

महाशिवरात्रिको अवसरमा आइतबार बिहान ७ बजेसम्म पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला रहने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। उनका अनुसार शनिबार बिहान ३ बजेदेखि चारवटै ढोका खुला गरिएको थियो।

महाशिवरात्रिको अवसरमा गोवर्द्धन मठका शंकर आचार्य निश्चलानन्द सरस्वतीसहित ५ हजार साधुसन्त पशुपति क्षेत्रमा आएको कोषले जनाएको छ। पशुपति क्षेत्रमा महाशिवरात्रिको अवसरमा ५ हजार सुरक्षाकर्मी र ४ हजार स्वयंसेवक खटाइएको छ।

प्रकाशित: ६ फागुन २०७९ २०:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + eight =