पशुपति क्षेत्र : लाममा श्रद्धालु, उल्लासमा साधु [तस्बिरहरू]

दिपेश श्रेष्ठ २५ फागुन २०८० १२:५९
16
SHARES
पशुपति क्षेत्र : लाममा श्रद्धालु, उल्लासमा साधु [तस्बिरहरू]

काठमाडौँ– महाशिवरात्रि पर्व शुक्रबार देशभरका शिवालयमा विधिपूर्वक पूजाआराधना गरी मनाइँदै छ। महाशिवरात्रिमा सनातन हिन्दु धर्मावलम्बीले भगवान् शिवको पूजा–आराधना गरी मनाउँछन्।

यसैक्रममा आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि पाशुपत क्षेत्रमा भक्तजन भीड लागेको छ। भक्तजनको सहजताका लागि पशुपतिनाथका चारैवटै ढोका बिहान २ बजेदेखि खोलिएको छ। एकैचोटिमा नौ जनादेखि १० जनासम्मले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

पशुपतिमा शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आएका छन्। पशुपतिनाथ मन्दिरको परिसर, राम मन्दिर क्षेत्र र कैलाश चौरमा साधुहरू धुनी लगाएर बसेका छन्। कुनै साधु शृंगारमा व्यस्त देखिन्छन् भने कोही श्रद्धालुसँग तस्बिर खिचिरहेका भेटिन्छन्।

यस वर्षको महाशिवरात्रिमा कम्तीमा पनि २० लाख जना भक्तजनले पशुपतिको दर्शन गर्ने विकास कोषको अनुमान छ। पशुपति क्षेत्रमा गाँजा, भाङ, जाँडरक्सी तथा मासु पूर्ण रूपमा निषेध गरिएको छ।

आज पशुपति पुग्ने भक्तजनका लागि एम्बुलेन्स सेवा, करिब छ सय जना स्वयंसेवक, ७० वटा स्वास्थ्य शिविर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी परिचालन भएका विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीले बताए।

पाशुपत क्षेत्रमा महाशिवरात्रि मेलाका लागि चार हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाई लागू गरेको प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बताए। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीको नेतृत्वमा उक्त टोली खटिएको छ। पशुपतिनाथको दर्शनका लागि यस पटक नौवटा बाटोको व्यवस्था गरिएको सदस्य सचिव खत्रीले बताए।

तस्बिर : रासस

 

तस्बिर : रासस

 

प्रकाशित: २५ फागुन २०८० १२:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − nine =