सीके राउतको आरोप : भ्यागुते प्रवृत्तिले गठबन्धन फेर्ने र विदेशीले धाप मार्नासाथ प्रधानमन्त्री बुर्लुक्क उफ्रिने

हिमाल प्रेस २४ फागुन २०८० १५:५५
532
SHARES
सीके राउतको आरोप : भ्यागुते प्रवृत्तिले गठबन्धन फेर्ने र विदेशीले धाप मार्नासाथ प्रधानमन्त्री बुर्लुक्क उफ्रिने फाइल तस्बिर

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री पुष्पकमल दाहालको सत्तामा रहनका लागि गठबन्धन फेरबदल गर्ने प्रवृत्तिप्रति कटाक्ष गरेका छन्। बिहीबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै राउतले सत्ता गठबन्धन फेरबदल हुनुलाई भ्यागुते प्रवृत्ति भनेका हुन्।
उनले प्रधानमन्त्री दाहाल विदेशीले धाप मार्नासाथ उफ्रिहाल्ने भन्दै टिप्पणी पनि गरे।

उनले भने, ‘यो भ्यागुते प्रवृत्ति हो, भ्यागुतालाई समातेर जोख्न सजिलो होला। अहिलेको प्रधानमन्त्रीलाई त्यति कमसल नठान्नुहोला! कतिखेर विदेशीले कता धाप मार्दिन्छ, प्रधानमन्त्री बुर्लुक्क उफ्रिइहाल्नुहुन्छ। थाहै हुँदैन।’

राउतले संघ सरकारको असर प्रदेशमा देखिनु पनि गलत भएको बताए। ‘प्रधानमन्त्रीको उफ्राइले काठमाडौंमा मात्रै परकम्प गएको छैन। यहाँ मात्रै गए त केही थिएन। सात वटै प्रदेशका सरकारहरू गर्ल्यामगुर्लुम्म ढल्छन्। अनि जनताले यातना भोग्नुपर्ने, देशले यातना, घाटा व्यहोर्नुपर्ने, उहाँले भन्नु पनि हुन्छ– म मिस्टर उथलपुथल हो। म बाँच्दासम्म यो धर्तीमा उथलपुथल भइरहन्छ,’उनले भने, ‘मानौं, उहाँ शेष नाग हो र धर्ती उहाँको शरीरमाथि अडिएको छ। हरेक शेष नागका लागि कृष्णको अवतार पनि हुन्छ। उहाँले हेक्का राख्नुपर्छ।’

अहिलेको गठबन्धन सिद्धान्तको धरातलमा बनेको आफूले ठानेको तर प्रधानमन्त्रीको आजको सम्बोधनले त्यसको खण्डन गरेको उनले बताए।

प्रकाशित: २४ फागुन २०८० १५:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − four =