सरकारमा आउन सीके राउतलाई प्रधानमन्त्रीको प्रस्ताव

हिमाल प्रेस १७ असार २०८० २१:०५
6
SHARES
सरकारमा आउन सीके राउतलाई प्रधानमन्त्रीको प्रस्ताव

काठमाडाैँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष डा सीके राउतबीच भेट भएको छ। जनमत पार्टीका अध्यक्ष डा राउतले आइतबार  बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पुगेर भेट गरेका हुन्।

गठबन्धनमा रहे पनि केही असन्तुष्टि राख्दै सरकार बाहिरै रहेको जनमत पार्टीलाई प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गरेका अध्यक्ष राउतले जानकारी दिए। ‘प्रधानमन्त्रीले तपाइँहरू सरकारमा आउनुस् म मिलाउँछु भन्नुभएको छ,’ अध्यक्ष राउतले भने, ‘अब गठबन्धनका सबै दलहरूबीच सहमति बनाउनुपर्छ।’ रासस

प्रकाशित: १७ असार २०८० २१:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =