हडपिएका सरकारी जग्गा फिर्ता ल्याउन गृहमन्त्रीको निर्देशन

हिमाल प्रेस २३ फागुन २०८० २३:०७
20
SHARES
हडपिएका सरकारी जग्गा फिर्ता ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ– नवनियुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशैभरिबाट हडपिएका सरकारी जग्गा यथाशीघ्र सरकारका नाममा फिर्ता ल्याउन निर्देशन दिएका छन्।

गृह मन्त्रालयमा बुधबार पदबहाली गर्दै उहाँले व्यक्ति तथा संस्थाले हडपेका सरकारी स्वामित्वका जग्गा तत्काल सरकारमा ल्याउन पहल गर्नुपर्ने बताए। ‘सरकारी जमिन हडप्नेलाई निर्मम कारबाही गर्नुस्, हडपिएका सरकारी जमिन सरकारको नाममा ल्याउनुस्’, कर्मचारीलाई सम्बोधन गर्दै लामिछानेले भने।

गृहमन्त्री लामिछानेले नेपाली नागरिकले शान्तिसुरक्षाको प्रत्याभूति हुने खालका काम गर्न पनि निर्देशन दिए।

सञ्चारकर्मीका रुपमा परिचय बनाएर राजनीतिमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछाने दोस्रो पटक उपप्रधानमन्त्री एवं गृहमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा गत पुस ११ गते उपप्रधानमन्त्री एवं गृहमन्त्रीको भूमिकामा रहेका उनी नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको आदेशबाट गत माघ १३ गते पदमुक्त भएका थिए।

सर्वोच्चको आदेशपछि उनको सांसद पदसमेत खारेज भएको थियो। गत वैशाखमा भएको उपनिर्वाचनमा पुनः चितवन क्षेत्र नं २ बाट निर्वाचित भएका उनले नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई पराजित गरेका थिए।
करिब दुई वर्षअघि सक्रिय राजनीतिमा लाग्नुभएका नवनियुक्त गृहमन्त्री लामिछानेले टेलिभिजन प्रस्तोताका रुपमा काम गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + ten =