पदम गिरीलाई सरकारमा पठाउँदै एमाले, चारदलबाट एक-एक मन्त्री पठाइने

हिमाल प्रेस २१ फागुन २०८० १०:०६
64
SHARES
पदम गिरीलाई सरकारमा पठाउँदै एमाले, चारदलबाट एक-एक मन्त्री पठाइने

काठमाडौँ- नेकपा एमालेले पदम गिरीलाई सरकारमा पठाउने भएको छ।

आज बिहान एमाले अध्यक्ष केपी शर्मा निवास बालकोटमा बसेको सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो।

एमालेका एक नेताका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा आज सानो मन्त्रिपरिषद् बैठक बस्नेछ।

प्रचण्ड नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा)सहितको सरकार बन्नेछ।

प्रचण्डले आज चार दलबाट एक-एकजनालाई मात्र पहिलो चरणमा मन्त्री बनाउने तयारी गरेका छन्।

प्रकाशित: २१ फागुन २०८० १०:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =