मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु

हिमाल प्रेस २० फागुन २०८० ९:१३
10
SHARES
मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु

काठमाडौँ- पोखरामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा कैलालीको सोरहनपुर गाउँपालिका–३ का २८ वर्षीय महेश आचार्य र जानकी गाउँपालिका–३ का ३० वर्षीय शैलेन्द्र कुमार उपाध्याय छन्।

शनिबार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको थियो। उपचारका क्रममा आचार्यको बिहान ४ः१४ बजे र उपाध्यायको ४ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी सूर्यबहादुर रानाका अनुसार पोखरा महानगरपालिका वड नं ७ बुलौंदीमा आज बिहान ३ः४५ बजे दुर्घटना भएको थियो।

लेकसाइडबाट जिरोतर्फ आउँदै गर्दा बा प्र०२–०३४प ५६२१ नम्वरको बुलेट मोटरसाइकल सडक बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो। उनीहरु घुम्नका लागि शुक्रबार काठमाडौंबाट पोखरा पुगेका थिए।

प्रकाशित: २० फागुन २०८० ९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + seven =