घट्यो डलर र पाउन्डको मूल्य

हिमाल प्रेस १९ फागुन २०८० ७:२१
30
SHARES
घट्यो डलर र पाउन्डको मूल्य

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी र अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनार, युरो, पाउन्डसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९५ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९७ पैसा थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ १४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ। हिजो युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०९ पैसा थियो।

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ २२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६८ रुपैयाँ २८ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ०७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४६ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ र बिक्रीदर ८६ रुपैयाँ ३९ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४२९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४३१ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ २१ पैसा र बिक्रीदर ४३२ रुपैयाँ १६ पैसा थियो।

आजको लागि बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ७१ पैसा थियो।

प्रकाशित: १९ फागुन २०८० ७:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 6 =