राष्ट्रियसभा अध्यक्ष माओवादीलाई, प्रदेशमा एमाले नेतृत्वमा सरकार : प्रचण्ड

हिमाल प्रेस २१ फागुन २०८० ११:१८ | Monday, March 4, 2024
राष्ट्रियसभा अध्यक्ष माओवादीलाई, प्रदेशमा एमाले नेतृत्वमा सरकार : प्रचण्ड

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियसभा अध्यक्ष पार्टीले पाउने बताएका छन्। पार्टीको सोमबार बिहान बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले यस्तो जानकारी गराएको माओवादी सचिव गणेश साहले बताए।

उपाध्यक्ष भने एमालेलाई दिने सहमति भएको प्रचण्डले बताएका छन्। साहका अनुसार प्रचण्डले राजनीतिक समीकरण अब नयाँ तरिकाले जान लागेकाले छलफल चलाइएको बताएका थिए।

प्रदेशका मुख्यमन्त्री पनि सहमतिमा लिने छलफल भएको छ। माओवादीका एक नेताका अनुसार कांग्रेसले नेतृत्व लिएको प्रदेश सरकारको नेतृत्व एमालेले पाउने गरी छलफल चलाइएको छ।

प्रकाशित: २१ फागुन २०८० ११:१८ | Monday, March 4, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast