कुवेतमा काम लगाइदिने भन्दै श्रीलंकामा बिक्री

हिमाल प्रेस १७ फागुन २०८० १९:५०
20
SHARES
कुवेतमा काम लगाइदिने भन्दै श्रीलंकामा बिक्री प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ-  नेपाल प्रहरीले मानव बेचबिखन कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिका-४ का ४७ वर्षीय मुर्तुजा मियाँ रहेका छन्। उनलाई प्रहरीले पक्राउ गरी आज (बिहीबार) सार्वजनिक गरेको हो।

कुवेतमा घरेलु काममा लगाइदिने प्रलोभनमा पारी एक महिलालाई श्रीलंका पुर्‍याई बेचबिखन गरेको आरोपमा मियाँलाई पक्राउ गरेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए।

मियाँले पीडित महिलालाई सुनौली हुँदै भारतको नयाँदिल्ली पुर्‍याइ त्यहाँका एजेन्टमार्फत श्रीलंका पठाएको अनुसन्धानका क्रममा खुलेको उनले बताए।

पीडित महिला श्रीलंका पुगेपछि त्यहाँ उनलाई ६८ दिनसम्म राहदानीलगायत कागजात जफत गरी बन्धक बनाएर राखेको खुलेको छ। उनलाई मानसिक यातना दिने तथा कुटपिट गर्ने गरेको पाइएको प्रवक्ता फुँयालले बताए। पक्राउ परेका मियाँलाई जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

प्रकाशित: १७ फागुन २०८० १९:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 20 =