मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद सजाय

हिमाल प्रेस २३ माघ २०७९ २१:२०
4
SHARES
मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद सजाय

काठमाडौँ– जिल्ला अदालत काठमाडौँले मनोज पाण्डेलाई ७ वर्ष कैद सजाय तोकेको छ। सोमबार न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई ७ वर्ष कैद र पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने सजाय तोकेको जिल्ला अदालत काठमाडौँले जनाएको छ।

सौन्दर्य प्रतियोगिता आयोजनाका नाममा बालिकामाथि बलात्कार गरेको दोषी ठहर गर्दै पाण्डेलाई अदालतले उक्त सजाय तोकेको हो।

पाण्डेमाथि ८ वर्षअघि एक सौन्दर्य प्रतियोगिता आयोजनाको नाममा एक किशोरीमाथि बलात्कार गरेको अभियोग थियो। उक्त प्रकरणमा बलात्कार मुद्दा दायर गर्न हदम्याद नाघिसकेका कारण पाण्डेमाथि मानव बेचबिखनसम्बन्धी मुद्दा चलाइएको थियो।

प्रकाशित: २३ माघ २०७९ २१:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + nine =