कांग्रेस महासमिति बैठक : कोशी र सुदूरपश्चिमका सदस्यहरू आक्रोशित, सहमहामन्त्री पाण्डेले मागे माफी

हिमाल प्रेस ९ फागुन २०८० १७:५९
40
SHARES
कांग्रेस महासमिति बैठक : कोशी र सुदूरपश्चिमका सदस्यहरू आक्रोशित, सहमहामन्त्री पाण्डेले मागे माफी

ललितपुर- नेपाली कांग्रेसको जारी महासमिति बैठकमा कोशी र सुदूरपश्चिम प्रदेशका सदस्यहरू आक्रोशित भएका छन्। बैठकमा प्रस्तुत प्रतिवेदनमाथि सदस्यहरूलाई कम समय दिएपछि उनीहरूले बैठक स्थलमा होहल्ला गरेका हुन्।

बैठकमा उपाध्यक्ष पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महत र लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको प्रतिवेदनमा सदस्यहरूले बोल्ने क्रम जारी रहेका बेला समय घटाइएपछि महासमिति सदस्यहरू आक्रोशित भएका हुन्।

ती प्रतिवेदनउपर छलफल गर्न बुधबार सुरुमा एक जनालाई पाँच मिनेटका दरले समय उपलब्ध गराइएको थियो। अपराह्नपछि तीन मिनेट मात्र उपलब्ध गराएपछि महासमिति सदस्यहरूले उठेर होहल्ला गरेका थिए। सदस्यहरूबीच केहीबेर धकेलाधकेल पनि भएको थियो।

उक्त हलमा मोडियटर सुदूरपश्चिमका सभापति वीरबहादुर बलाएर छन्। होहल्ला भएपछि गुनासो सुन्न केन्द्रीय प्रतिनिधि बनेर बसेका सहमहामन्त्री बद्री पाण्डेले गल्तीका लागि माफी मागेका थिए।

प्रकाशित: ९ फागुन २०८० १७:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + twelve =