‘१५-२० दिन प्रधानमन्त्री हुन्छ जस्तो लागेको थियो, अब कुर्सी हल्लिने डर छैन’

हिमाल प्रेस ६ फागुन २०८० १४:५४
14
SHARES
‘१५-२० दिन प्रधानमन्त्री हुन्छ जस्तो लागेको थियो, अब कुर्सी हल्लिने डर छैन’

काठमाडौँ-  प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्रीको कुर्सी हल्लिने डर नभएको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा सांसद गणेश पराजुलीले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्रीको कुर्सी हल्लिने डर नभएको बताएका हुन्।

उनले आफूले नडराइकन विभिन्न भ्रष्टाचारका घटनाहरूको छानबिन गराएको बताए। उनले आफू प्रधानमन्त्री हुँदा नै १५/२० दिनका लागि मात्रै प्रधानमन्त्री भएको हो कि भन्ने सोचेको भन्दै सुरुदेखि नै सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक सेवामा सुधार ल्याउने बारे मात्रै सोचेको बताए। उनले सुशासन आफ्नो नारा नभई संकल्प भएको बताए।

‘माननीयज्यूले भनेजस्तो कुर्सी हल्लिने डर मलाई छैन। मलाई अहिलको प्रतिपक्षमा रहेका प्रमुख प्रतिपक्ष लगायतले प्रधानमन्त्री बनाउनुभयो। मैले १५ दिन हो कि २० दिन हो भन्ने सोचेको थिएँ। विश्वभरिको अध्ययन पनि गरेको थिएँ कतिवटा प्रधानमन्त्री १५/२० दिनमा हटेका रहेछन् भनेर,’ उनले भने, ‘ भारतमा १३ दिनमा अटल बिहारी बाजेपी हटेको देखेपछि आनन्द मानेको थिएँ मैले। त्यसकारण यो सरकार जाला कि भन्ने डर मलाई विल्कुल छैन।’

प्रकाशित: ६ फागुन २०८० १४:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + three =