नेपाल ‘ए’ क्यानडा-११ विरुद्ध सुरुवातमा ब्याटिङ गर्ने, प्लेइङ-११ मा अर्जुन कुमाल र विवेक यादव पनि

हिमाल प्रेस ६ फागुन २०८० ९:३८
34
SHARES
नेपाल ‘ए’ क्यानडा-११ विरुद्ध सुरुवातमा ब्याटिङ गर्ने, प्लेइङ-११ मा अर्जुन कुमाल र विवेक यादव पनि नेपाल ए टोली र क्यान्डा ११ का कप्तानहरू मूलपानी मैदानमा तस्बिर : क्यान

काठमाडौँ- नेपाल ‘ए’ ले क्यानडाविरुद्धको एकदिवसीय शृंखलाको पहिलो खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ। क्यानडा-११ का कप्तान साद बिन जफारले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

नेपालको कप्तानी विनोद भण्डारीले गर्नेछन्। नेपालको प्लेइङ-११ मा ब्याट्सम्यान अर्जुन कुमाल, अलराउन्डर विवेक यादव, प्रतिश जीसीलगायत परेका छन्। आजको खेलमा आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया, शेर मल्ल र रिजन ढकाल परेका छैनन्।

नेपाल ‘ए’को प्लेइङ ११

विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, बसिर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, प्रतिस जिसी, रासिद खान, सागर ढकाल, साहब आलम र सन्दीप जोरा ।

बेन्च : आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया, शेर मल्ल र रिजन ढकाल ।

प्रकाशित: ६ फागुन २०८० ९:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + six =