गृहले बनायो प्रहरी कर्मचारी समायोजन समिति

हिमाल प्रेस ५ फागुन २०८० ७:०६
16
SHARES
गृहले बनायो प्रहरी कर्मचारी समायोजन समिति

काठमाडौँ- गृह मन्त्रालयले आज प्रहरी कर्मचारी समायोजन गर्न ५ सदस्यीय समिति गठन गरेको छ।

शुक्रबार गृहका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले प्रहरी समायोजनका लागि समिति गठन गरी काम थालिएको जानकारी दिए।

मन्त्रालयका प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको उनले बताए। समितिमा मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिवलाई सहसंयोजक तोकिएको छ।

प्रहरी प्रधान कार्यालयका डिआइजी, गृहका उपसचिव सदस्य र मन्त्रालयका प्रहरी कर्मचारी प्रशासन शाखाका उपसचिव सदस्य सचिव रहेको ५ सदस्यीय समिति गठन गरेको हो।

गृहले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रहरी कर्मचारी समायोजन समिति गठन भई प्रहरी कर्मचारी समायोजनसम्बन्धी कार्य थालनी भइसकेको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ।’

मन्त्रालयले २०७२ सालको संविधान तथा प्रहरी समायोजन ऐन, २०७६ बमोजिम समायोजन गरी संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउन लागि परेको जानकारी गराएको छ।

प्रकाशित: ५ फागुन २०८० ७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =