सरकारप्रति गोकुल बास्काटोको टिप्पणी : इतिहासकै नालायक र गतिहीन

हिमाल प्रेस २४ माघ २०८० १२:०७
2
SHARE
सरकारप्रति गोकुल बास्काटोको टिप्पणी : इतिहासकै नालायक र गतिहीन गोकुल बास्कोटा। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका सांसद गोकुल बास्कोटाले वर्तमान सरकार इतिहासकै नालायक भएको टिप्पणी गरेका छन्।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै पूर्व मन्त्री समेत रहेका बास्कोटाले प्रधानमन्त्री प्रचण्ड काभ्रेको पाँचखाल पुगेर आफ्नो ड्राइभरलाई ‘यो बाटो यस्तो होला’ भनेर आफूले नसोचेको भनेको प्रसंग कोट्याउँदै ‘धन्न यो देशको प्रधानमन्त्री !’ भनेर टिप्पणी गरे ।

त्यस्तै उनले अर्थमन्त्री र अर्थमन्त्रीलाई पटक–पटक बाटो बनाउन आग्रह गरे पनि नबनाएको बताए। बास्कोटाले जिल्लाका किसानले दूध बेचेको पैसा कहिले पाउँछन् भन्दै प्रश्न समेत गरे ।

उनले वर्तमान सरकारलाई नालायक र गतिहीनको संज्ञा दिए। ‘योभन्दा नालायक, गतिहीन, जबाफदेहिताविहीन इतिहासमा कहिल्यै थिएन । जसको न कान छ न आँखा छ, कहिले सुन्छ सरकारले?’, बास्कोटाको भनाइ छ ।

प्रकाशित: २४ माघ २०८० १२:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =