खानेपानीमन्त्री भन्छन्– मेलम्ची खानेपानीको पुन: उद्घाटन होइन, पुन: वितरण हो

हिमाल प्रेस २२ माघ २०८० १८:५०
124
SHARES
खानेपानीमन्त्री भन्छन्– मेलम्ची खानेपानीको पुन: उद्घाटन होइन, पुन: वितरण हो

काठमाडौँ- खानेपानीमन्त्री महिन्द्र राय यादवले मेलम्ची खानेपानीको पुन: उद्घाटन नभएर पुन: वितरण गरिएको बताएका छन्।

सोमबार संसद्‌बाहिर सञ्चारकर्मीसँग उनले प्रधानमन्त्रीले मेलम्ची खानेपानीको पुनः उद्घाटन नगरेको बताए। ‘मेलम्ची उद्घाटन भएको छैन। पुन: वितरण हो। प्रधानमन्त्रील एक वर्षको प्रगति विवरणमा २८ दिनमा आउँछ भनेकाले सोही अनुसार वितरण गरेको हो,’ उनले भने।

उनले मेलम्चीमा बाढीको स्थायी समाधानका लागि डीपीआरको छलफल भइरहेको पनि जानकारी दिए।

प्रकाशित: २२ माघ २०८० १८:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 9 =