नेपाल तेस्रो अभ्यास खेलमा पराजित

हिमाल प्रेस ६ जेठ २०८१ ७:१०
4
SHARES
नेपाल तेस्रो अभ्यास खेलमा पराजित

काठमाडौँ- विनवार्ड्स भोलक्यानोजसँगको तेस्रो अभ्यास खेलमा नेपाल पराजित भएको छ।

शनिबार राति सम्पन्न खेलमा नेपाल ६७ रनले पराजित भएको हो। भोलक्यानोजले दिएको २०५ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन मात्रै बनाउन सक्यो।

नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ५३ रन बनाए। ३६ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे। आशिफ शेख २४, सन्दीप जोरा २१ र करण केसी १३ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।

भोलक्यानोजका ड्यारेन नेड र काभेम होडगेले ३र३ विकेट लिए। निकलस रेडहेड र डेअन ब्रोनेले २र२ विकेट लिए।

त्यसअघि पार्क हिल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको भोलक्यानोजले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै २०४ रन बनाएको थियो।

भोलक्यानोजका डिलन डोउग्लासले सर्वाधिक ५६ रन बनाए। ३२ बल खेलेका उनले ४ चौका र ४ छक्का प्रहार गरे। शाडरक डेस्कार्टे ५६, स्टेपहन पास्कल २०, काभेम होडगे १८ र आशिफ होप्पेरले १७ रन बनाए।

अन्यको प्रदर्शन भने राम्रो हुन सकेन। नेपालका कमलसिंह ऐरीले सर्वाधिक ४ विकेट लिए।

४ ओभर बलिङ गरेका उनले ४४ रन खर्चिए। सोमपाल कामीले ३ विकेट लिँदा कुशल भुर्तेल, सागर ढकाल र करण केसीले १-१ विकेट लिए।

यस खेलमा दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, कुशल मल्ल र अभिनाश बोहरालाई आराम दिएका छन्।

तीन अभ्यास खेलमा नेपालले दुई जित हासिल गर्‍यो। नेपालले पहिलो खेलमा ४ विकेटको जित हासिल गरेको थियो।

दोस्रो खेलमा पनि नेपालले उक्त लय कायम राख्दै ४९ रनको जित हासिल गरेको थियो।

प्रकाशित: ६ जेठ २०८१ ७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + eight =