सुन्दरीजलमा किसुनजीको पूर्णकदको सालिक अनावरण

हिमाल प्रेस ३ पुष २०७९ १५:३१
8
SHARES
सुन्दरीजलमा किसुनजीको पूर्णकदको सालिक अनावरण

काठमाडौँ– काठमाडौँस्थित सुन्दरीजलमा स्थापाना गरिएको पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किसुनजी)को पूर्णकदको सालिक अनावरण गरिएको छ। आइतबार एक कार्यक्रमबीच प्रधानमन्त्री शेरबहादुर देउवाले सालिक अनावरण गरेका हुन्।

सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनको पानी प्रशोधन केन्द्र परिसरमा खानेपानी मन्त्रालयले निर्माण गरेको उनको पूर्णकदको सालिक अनावरण गरिएको हो। कार्यक्रममा प्रधानमन्त्री देउवाले खानेपानी समस्याको दीर्घकालीन समाधानलाई सरकारले प्राथमिकतामा राखेको बताए।

अब काठमाडौँ उपत्यकावासीलाई सधैं पानी वितरण गर्नसक्नेगरी आवश्यक तयारी गरिने प्रधानमन्त्री देउवाको भनाइ छ। ‘राजधानीवासीलाई मेलम्चीको पानी खुवाउने नेता भट्टराईको सपना पूरा भएकामा खुसी लागेको छ, खानेपानी र सरसफाइ महत्त्वपूर्ण भएकाले संविधानको मौलिक हकअन्तर्गत धारा ३५ को उपधारा ४ मा हक स्थापित गरिएको छ, त्यसअनुसार सबै नेपालीलाई स्वच्छ खानेपानी खुवाउन सरकार लागिपरेको छ,’ देउवाले भने, ‘वर्षभर राजधानीवासीलाई मेलम्चीको पानी खुवाउन के गर्न सकिन्छ भनेर सरकारले अध्ययन गरिरहेको छ।’

भृकुटीमण्डमा बनाइएको धाराबाट ०७७ साल चैतम राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानीको औपचारिक रूपमा वितरण सुरु गरे पनि ०७८ असार १ गते राति सिन्धुपाल्चोकमा आएको बाढीले मुहानमा क्षति पुर्‍याएपछि पानी वितरण बन्द भएको थियो। ०७९ मंसिर २२ गतेबाट सरकारले मेलम्चीको पानी पुन: वितरण गरेको छ।

०४६ को जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषद्का प्रधानमन्त्री स्वर्गीय भट्टराईले ३० वर्षअघि मेलम्चीको पानी काठमाडौँ ल्याउने परिकल्पना गरेका थिए।

प्रकाशित: ३ पुष २०७९ १५:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =