छानबिन समितिको क्षेत्राधिकारको मस्यौदाका लागि आज कार्यदलको बैठक बस्दै

हिमाल प्रेस ६ जेठ २०८१ ८:०३
छानबिन समितिको क्षेत्राधिकारको मस्यौदाका लागि आज कार्यदलको बैठक बस्दै

काठमाडौँ- सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष र प्रतिपक्षबीच हिजो सहमति भएको छ।

समितिको क्षेत्राधिकारको मस्यौदा तयार पार्न कानुनमन्त्री पदम गिरीको संयोकत्वमा कांग्रेसका जीवन परियार, एमालेका महेश बर्तौला र रास्वपाका शिशिर खनाल रहेको कार्यदल गठन गर्ने दलहरुबीच सहमति भएको थियो।

हिजो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरुको बैठकले यस्तो समितिका बनाउनका लागि सहमति गरेको गरेको हो। आज बिहान बस्ने बैठकमा समितिको कार्यादेशबारे थप छलफल गरेर टुंगोमा पुगिने बताइएको छ।

कांग्रेसले लामिछानेमाथि सहकारी ठगी प्रकरणमा समिति गठन गर्नुपर्ने माग गर्दै संसद्‌मा अवरोध गर्दै आएको छ।

कांग्रेसकै अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन भने शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी आजसम्मका लागि स्थगित गरिएको थियो। प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ।

प्रकाशित: ६ जेठ २०८१ ८:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =