रास्वपाले बोलायो संसदीय दलको बैठक

हिमाल प्रेस १८ माघ २०८० ७:१९
2
SHARE
रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाइको छ।

संसदीय दलको बैठक शुक्रबार बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाइएको पार्टी उपसभापति डोलप्रसाद अर्याल (डीपी)ले जानकारी दिए।

संसद्को हिउँदे अधिवेशन माघ २२ गते आह्वान भएको छ। यो अधिवेशनमा कसरी प्रस्तुत हुने भनेर छलफल गर्न रास्वपाले संसदीय दलको बैठक बोलाएको हो।

यसैबीच रास्वपाले माघ २१ गतेबाट अलपत्र विकास आयोजनमा दबाब यात्रा गर्दैछ। त्यसले दिन उसले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा दबाब यात्रा गर्ने बताएको छ।

काठमाडौंबाट मेलम्चीको मुहान अम्बाथानसम्मै पुग्ने दबाब यात्राको थालनी पार्टी सभापति रवि लामिछानेले नै गर्ने रास्वपाले बताएको छ।

 

प्रकाशित: १८ माघ २०८० ७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 5 =