पौरखी किसान [तस्बिरहरू]

हिमाल प्रेस २६ माघ २०८० ८:४४ | Friday, February 9, 2024
पौरखी किसान [तस्बिरहरू] आफूले उत्पादन गरेका कृषि उपज बिक्रीका लागि खोटाङको दिक्तेलस्थित शनिबारे हटियामा लैजाँदै किसान। फाइल तस्बिर : रासस
नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले घोराही उपमहानगरपालिका-१६ स्थित गरुवागाउँमा साढे तीन बिगाह क्षेत्रफलको जग्गामा व्यवसायिक रुपमा गरेको आलु खेती। पार्टीले गत वर्षदेखि गरुवागाउँमा रहेको जयशेर माध्यामिक विद्यालय रावतगाउँको छ बिगाह क्षेत्रफलको जग्गा १० वर्षका लागि भाडामा लिएर सामूहिक रुपमा कृषि उपज उत्पादन गर्दै आइरहेको छ। प्रति बिगाह वार्षिक २३ हजारका दरले दश वर्षको लागि भाडामा लिएको जग्गामा आलु खेती गरेको छ। तस्बिर : कुलदीप न्यौपाने/रासस
म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङको चरनखर्कमा रहेका भेंडाका बथान। तस्बिर : कमल खत्री/रासस
बैतडीको पाटनस्थित गहुँबारीको हरियाली। यो क्षेत्रमा गहुँबाली उत्पादन राम्रो हुने गर्दछ। तस्बिर : विनोदसिंह विष्ट/रासस

सिरहाको लहान नगरपालिका–२४ माणिक दह झुटकी गाउँका किसान रतन साहले उत्पादन गरेको बैजनी रङ्गको आकर्षक काउली खेती। भारत महाराष्ट्रबाट बीउ ल्याएर काउली खेती गरेका साहले प्रतिकिलो २०० मा बिक्री गरेका छन्। तस्बिर : सुदिप राउत/रासस
चितवनको राप्ती नगरपालिका-११ डिहीटारमा चिउरीमा मौरी चराउन राखेका मौरीका घार। तस्बिर : कृष्ण आचार्य/रासस
मकवानपुरको थाहा नगरपालिका–९ स्थित चित्लाङको माझगाँउमा खेतमा बुधबार आलुको बीउ रोप्दै स्थानीय किसान। तस्बिर : हरिराम भेटुवाल/रासस
ककनीका एक स्थानीय किसान आफ्नै बारीमा फलेको स्ट्राबेरी बेच्नको लागि टिप्दै। प्रतिकेजी ३०० देखि ५०० सम्म बिक्री हुने गरेको बताइन्। तस्बिर : प्रदीपराज वन्त/रासस
ककनी हुँदै नुवाकोट जाने सडक किनारामा स्थानीय किसानहरू आफ्नै बारीमा उत्पादन गरेको स्ट्राबेरी बेच्नको लागि ग्राहक कुर्दै। खराब सडकका कारण थोरै मात्रामा सवारी सञ्चालन हुने भएकाले गाउँमा नै उत्पादन गरेको तरकारीहरू पनि बिक्रीमा कमी आएको बताउँछन्।
नुवाकोटको ककनी गाउँपालिक–१ स्थित ओखरपौवामा स्थानीयले सडक छेउमा मुला बजार लैजान सफा गर्दै। तस्बिर : हरिराम भेटुवाल/रासस
प्रकाशित: २६ माघ २०८० ८:४४ | Friday, February 9, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast