श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

हिमाल प्रेस १६ माघ २०८० १३:१३
16
SHARES
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधिमूलक तस्बिर।

इलाम- श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन्। इलाम माङसेबुङक-२ इभानकी ६२ वर्षीया हस्तकुमारी लिम्बूको कुटपिट गरी हत्या गरेको आरोपमा उनका श्रीमान् बालध्वज लिम्बूलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

तामाखोला दोभानमा बस्दै आएका उनीहरूबीच शुक्रबार साँझ झगडा भएको थियो। झगडाका क्रममा बालध्वजको कुटपिटबाट गम्भीर घाइते भएकी हस्तकुमारीको झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निधन भएको थियो।

त्यसपछि श्रीमतीको शव लिएर माङसेबुङ आएका बालध्वजलाई प्रहरी चौकी इभाङको टोलीले घरैबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ छ।

प्रकाशित: १६ माघ २०८० १३:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + one =