जनकपुरधाममा धारिलो हतियार प्रहार गरी युवकको हत्या

हिमाल प्रेस २६ चैत २०८० १५:४९
134
SHARES
जनकपुरधाममा धारिलो हतियार प्रहार गरी युवकको हत्या

जनकपुरधाम– जनकपुरधाममा दिनदहाडै धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ। महोत्तरीको एकडारा गाउँपालिकाका २० वर्षीय प्रिन्स कुमार महासेठको हत्या भएको धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए।

जनकपुरधाम उपमहानगरपालिका विश्वकर्मा चोक नजिक डेरामा आज दिउँसो १२ बजेतिर शौचालयभित्र महासेठको हत्या भएको हो। हत्या आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २४ वर्षीय अर्जुन कुमार साह रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ चैत २०८० १५:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =