धादिङमा तीनवटा मोटरसाइकल ठोक्किँदा ६ जना घाइते

हिमाल प्रेस १२ माघ २०८० ११:३६
10
SHARES
धादिङमा तीनवटा मोटरसाइकल ठोक्किँदा ६ जना घाइते

काठमाडौँ- धादिङमा तीनवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा ६ जना घाइते भएका छन्। बेनिघाट रोराङ गाउँपालिका-३ मालिंगामा बिहीबार बिहान साढे ९ बजे काठमाडौँबाट चितवन जाँदै गरेको बागमती प्रदेश ०२-००३ प ६२०१, बा ८३ प ८९६० नम्बरको मोटरसाइकलसँग विपरित दिशाबाट आउँदै गरेको बा ७४ प ८५५९ नम्बरको मोटरसाइकल ठोक्किएको जिल्ला प्रहरी कार्यालय घादिङले जनाएको छ।

प्रहरीको भनाइमा दुर्घटनामा तीनवटै मोटरसाइकलका चालक र पछाडि बसेकाहरू घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी सन्तुलाल जैसवारले दुर्घटनामा ६२०१ नम्बरको मोटरसाइकलका चालक काठमाडौँको टोखा नगरपालिका-२ का २८ वर्षीय विजय डंगोल र पछाडि ‍सवार ४६ वर्षीय मिना डंगोल घाइते भएका जानकारी दिए।

जैसवारका अनुसार ८९६० नम्बरको मोटरसाइकलका चालक टोखाकै २८ वर्षीय विवेक तामाङ र पछाडि सवार २४ वर्षीया विनिता डंगोल ८५५९ नम्बरको मोटरसाइकलका चालक धादिङको गजुरी गाउँपालिका-२ का २६ वर्षीय सुदिप खरेल र बेनिघाट रोराङ गाउँपालिका-३ का १५ वर्षीय कर्म प्रजा घाइते भएका छन्। खरेलको बिएन्डबी अस्पतालमा र अन्यको राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको डीएसपी जैसवारले बताए।

प्रकाशित: १२ माघ २०८० ११:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + nine =