न्युजिल्यान्डले दियो नेपाललाई ३०३ रनको लक्ष्य

हिमाल प्रेस ७ माघ २०८० १७:५३
8
SHARES
न्युजिल्यान्डले दियो नेपाललाई ३०३ रनको लक्ष्य

काठमाडौँ- स्नेहित रेड्डीको शतकप्रेरित न्युजिल्यान्डले आइसीसी यु-१९ विश्वकपमा नेपालकोसामू रनको ३ सय ३ लक्ष्य प्रस्तुत गरेको छ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै ३ सय २ रनको योगफल तयार पारेको थियो।

न्युजिल्यान्डका लागि स्नेहितले १ सय २५ बलमा ११ चौका र ६ छक्काको मद्दतले अविजित १ सय ४७ रनको योगदान गरे। यसैगरी कप्तान ओस्कार ज्याक्सनले ८१ बलमा पाँच छक्का र तीन चौकाको मद्दतले ७५, टोम जोन्सले ३३, लुक वाट्सनले १४ र एलेक्स थोम्पसनले १३ रन बनाए।

चौथो विकेटका लागि स्नेहित र ओस्कारले १ सय ५७ तथा पहिलो विकेटका लागि टोम र लुकले ५३ रनको साझेदारी गरे। नेपालका लागि सुवास भण्डारीले तीन, गुल्सन झाले दुई तथा दिपेश कँडेल, तिलकराज भण्डारी र आकाश त्रिपाठीले समान एक विकेट लिए।

प्रकाशित: ७ माघ २०८० १७:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + seven =