इन्जिनियर दीपक साह उद्योगमन्त्री बन्दै

हिमाल प्रेस २५ भदौ २०८३ १७:३२ | Thursday, September 10, 2026
इन्जिनियर दीपक साह उद्योगमन्त्री बन्दै

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपककुमार साह (सुनसरी) उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सिफारिस भएका छन्।

प्रधानमन्त्री वालेन्द्र शाहले सांसद साहलाई मन्त्री सिफारिस गरेका हुन्।

यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रहेकी गौरीकुमारी यादवले बिहीबार राजीनामा दिएकी थिइन्। व्यक्तिगत कारणले राजीनामा दिएको उनले उल्लेख गरेकी छन्।

तर ‘ग्यास व्यवसायीहरूलाई पाता फर्काउनुपर्ने’ विवादस्पद अभिव्यक्ति दिएका कारण यादवले राजीनामा दिनुपरेको बताइएको छ।

यादवले पदबाट राजीनामा दिएपछि साहलाई मन्त्रीमा सिफारिस गरिएको सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

‘सुनसरीका माननीय दिपक साह मन्त्रीका लागि सिफारिस हुनु भएको छ,’ मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकाहरूसँग उनले भने।

पोखरेलले सिफारिस भएका मन्त्रीको शपथग्रहण चाँडै हुने बताए।

सीके राउत नेतृत्वको जनमत पार्टी छोडेर रास्वपा प्रवेश गरेका इन्जिनियर साह सुनसरी ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएक हुन्। राउतसँग विवाद भएपछि वरिष्ठ उपाध्यक्ष रहेका उनले जनमत पार्टी परित्याग गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast