सरकारले भन्यो – दैनिक उपभोग्य वस्तुको अधिक सञ्चय नगरौँ

हिमाल प्रेस ८ असोज २०८३ १८:५८ | Thursday, September 24, 2026
सरकारले भन्यो – दैनिक उपभोग्य वस्तुको अधिक सञ्चय नगरौँ

काठमाडौँ- सरकारले दैनिक अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज रहेको जनाउँदै ती वस्तुको अधिक सञ्चय तथा भण्डारण नगर्न आम उपभोक्तालाई आग्रह गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय खाद्य सुरक्षा भण्डार र सार्क खाद्य सुरक्षा बैंकमा पर्याप्त मात्रामा खाद्यान्न मौज्दात रहेको जनाएको हो।

मन्त्रालयले बाढी, पहिरो वा अन्य कारणले प्रमुख राजमार्ग तथा आपूर्ति मार्ग अवरुद्ध भएमा वैकल्पिक मार्गबाट अत्यावश्यक वस्तुको ढुवानीलाई निरन्तरता दिइने जनाएको छ।

‘विपद् र चाडपर्वको मौका छोपी कार्टेलिङ, सिन्डिकेट, कालोबजारी, कृत्रिम अभाव, अस्वाभाविक मूल्य वृद्धि र अनुचित रूपमा वस्तु लुकाउने प्रवृत्ति रोक्न बजार अनुगमनलाई सघन बनाइएको छ,’ मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: ८ असोज २०८३ १८:५८ | Thursday, September 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast