नेपालको अब ओडिआई मान्यता जोगाउने लक्ष्य

हिमाल प्रेस १४ साउन २०८३ १०:२१ | Thursday, July 30, 2026
6
SHARES
नेपालको अब ओडिआई मान्यता जोगाउने लक्ष्य फाइल तस्बिर

काठमाडौँ- क्रिकेट विश्वकप लिग-२ मा लगातार चार खेल गुमाएपछि नेपालको शीर्ष चारमा रहँदै विश्वकप ग्लोबल क्वालिफायर पुग्ने सम्भावना निकै कमजोर बनेको छ।

नेदरल्यान्ड्ससँगको पराजयपछि कप्तान रोहित पौडेलले अब टोलीको प्राथमिकता शीर्ष चारभन्दा पनि शीर्ष ६ मा रहँदै ओडिआई मान्यता जोगाउने रहेको बताएका छन्।

उनले अन्तिम चार खेल टोलीका लागि अत्यन्त महत्त्वपूर्ण रहेको भन्दै बलियो पुनरागमन गर्ने विश्वास व्यक्त गरे।

हाल नेपाल ३२ खेलबाट २४ अंकसहित छैटौँ स्थानमा छ। समान अंक भए पनि क्यानडा रनरेटका आधारमा नेपालभन्दा पछि रहेको छ भने नामिबिया २६ अंकसहित पाँचौं स्थानमा पुगेको छ।

नेपालले बाँकी सबै खेल जिते पनि शीर्ष चारमा पुग्न अन्य टोलीहरूको नतिजा पनि आफ्नो पक्षमा आउनुपर्ने अवस्था छ। ओमानले बाँकी खेलमध्ये एक मात्र जिते वा नेपालले थप एक खेल गुमाए शीर्ष चार पुग्ने सम्भावना पूर्ण रूपमा समाप्त हुनेछ।

यसअघि नेदरल्यान्ड्स भ्रमणमा नेपालले खेलेका चारै खेल गुमाउँदै अंकविहीन बनेको थियो।

प्रकाशित: १४ साउन २०८३ १०:२१ | Thursday, July 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast