प्रकाशको ‘मुटु कटक्कै’

हिमाल प्रेस १६ पुष २०८० १७:३२
22
SHARES
प्रकाशको ‘मुटु कटक्कै’

काठमाडौँ– गीतकार तथा गायक प्रकाश सपूतको ‘मुटु कटक्कै’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा प्रकाशलाई गायक कुशल बेल्बासे र प्रताप दासले स्वरमा साथ दिएका छन्।

प्रेमिल गीतको शब्द र संगीत प्रकाशकै छ। श्यामश्वैत रसायलीले मिक्सिङ तथा मास्टरिङ गरेको गीत प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको हो।

प्रकाशकै कथा र निर्देशन रहेको गीतको भिडियोमा उनी दोहोरो भूमिकामा देखिएका छन्। एक व्यापारी र अर्को गायक। भिडियोमा अन्य कलाकार कुशुम शर्मा, रोशनी कार्की, विजय पुन, प्रविन भट्ट, सुनिल विक, बिशाल घिमिरे र मिलन विश्वकर्माको अभिनय छ।

गीत प्रकाशकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

 

प्रकाशित: १६ पुष २०८० १७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 15 =