हरिवंश आचार्य र प्रकाश सपूत सम्मानित

हिमाल प्रेस ३ चैत २०८० १२:२४
20
SHARES
हरिवंश आचार्य र प्रकाश सपूत सम्मानित

पोखरा- पोखरामा वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्य र लोकप्रिय गायक प्रकाश सपूतलाई जनही १ लाखसहित सम्मानित भएका छन्।

प्रतिभा माविले ‘प्रतिभा विशेष व्यक्तित्व पुरस्कार’ बाट उनीहरूलाई शुक्रबार सम्मान गरेको हो। राष्ट्रियसभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, विद्यालय अध्यक्ष नारायणप्रसाद पौडेल, प्रबन्ध निर्देशक बलबहादुर थापा, संस्थापक प्राचार्य किरण सापकोटा, वित्त निर्देशक विश्वगोपाल पराजुलीलगायतले पुरस्कृत गरेका हुन्।

आचार्यले हास्यव्यंग्य र अभिनयको माध्यम तथा सपूतले गीतसंगीत माध्यमबाट योगदान गरेकोमा पुरस्कृत गरिएको विद्यालय संस्थापक प्राचार्य सापकोटाले बताए।

विद्यालयले यसअघि प्राडा सुरेशराज सुरेशराज शर्मा र प्राडा अभि सुवेदीलाई प्रतिभा विशेष व्यक्तित्व सम्मान अर्पण गरिसकेको छ। यस्तै, नेपाली क्रिकेट टीमका पूर्व कप्तानद्वय ज्ञानेन्द्र मल्ल र सन्दीप लामिछाने, महिला भलिबल कप्तान अरुणा शाही, एचआईभी संक्रमित सगरमाथा आरोही गोपाल श्रेष्ठलाई जनही १ लाखले पुरस्कृत गरिसकेको छ।

कार्यक्रममा राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष तिमिल्सिनाले विद्यालयले प्रतिभा सम्मान अर्पण गरेर देश र जनताका लागि केही गर्छु भन्नेहरुलाई थप हौसला प्रदान गरेको बताए।
सम्मानित व्यक्तित्व आचार्यले प्राप्त १ लाख सामाजिक कार्यमा प्रतिभाकै नाममा प्रदान गर्ने पनि घोषणा गरे। अर्का सम्मानित सपूतले गाएर ठीक गरेछु भन्ने महसुस भएको बताए।

सो अवसरमा विद्यालयले १० वर्षभन्दा बढी समयदेखि सेवारत शिक्षिकाद्वय गीता उपाध्याय र मीना पाण्डेलाई दीर्घसेवा सम्मान गर्‍यो।

वर्ष सर्वोत्कृष्ट शिक्षकबाट प्रवीण ढुंगाना, एसईई रत्न पुरस्कारबाट विनेश तिम्सिना, प्रतिभा रत्नबाट विज्ञान संकायतर्फका राजन पौडेल र व्यवस्थापन संकायकी विनिताकुमारी चापागाईंलाई जनही २५ हजार नगदले पुरस्कृत गर्‍यो।

प्रकाशित: ३ चैत २०८० १२:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 10 =