भूकम्प प्रभावितलाई सघाउन अनुरोध

हिमाल प्रेस १६ पुष २०८० ९:३५
104
SHARES
भूकम्प प्रभावितलाई सघाउन अनुरोध

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र (योजना तथा अनुगमन शाखा) ले भूकम्प प्रभावित जिल्लाहरूमा भइरहेको खोप अभियानमा सहयोग र समन्वय गर्न सम्बन्धित जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई अनुरोध गरेको छ।

केन्द्रले शुक्रबार जाजरकोट, रूकुमपश्चिम, जुम्ला, कालिकोट, दैलेख, सुर्खेत र सल्यान जिल्लाअन्तर्गतका एकाइलाई अनुरोध गरेको हो।

केन्द्रले ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा, रुवेला खोप जाजरकोट, रूकुमपश्चिम, जुम्ला, कालिकोट, दैलेख, सुर्खेत र सल्यान जिल्लाका १५ देखि ४५ वर्षसम्मका व्यक्तिहरूलाई टाइफाइडविरुद्ध लगाइँदै आएको खोप अभियानका बारेमा जनस्तरसम्म सन्देश प्रवाह गर्न तथा विद्यालयमा सञ्चालन गरिने खोपकेन्द्रलाई व्यवस्थित गर्न गराउन शिक्षा विकास तथा समन्वय एकाइलाई अनुरोध गरेको हो।

प्रकाशित: १६ पुष २०८० ९:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 14 =