मानव स्रोत विकास केन्द्रले माग्यो विद्यालयहरूको विवरण

हिमाल प्रेस १२ चैत २०८० १२:४२
1.3k
SHARES
मानव स्रोत विकास केन्द्रले माग्यो विद्यालयहरूको विवरण

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा) सानोठिमी, भक्तपुरले विद्यालयहरू र विद्यार्थी संख्याकाे विवरण स्थानीय तहसँग समन्वय गरी उपलब्ध गराइदिन सबै शिक्षा विकास तथा समन्वय एकाईलाई पत्र पठाएको छ।

केन्द्रले आव २०८०/२०८१ भित्र निर्माणसम्पन्न भएका विद्यालयहरूको विवरण, शैक्षिक सत्र २०७७ देखि हालसम्म मर्ज समायोजना भएका विद्यालयहरू र शैक्षिक सत्र २०८० मा भौतिक, रसायन र जीव विज्ञान मध्ये कुनै दुई विषय सञ्चालन भएका विद्यालयहरू र विज्ञान विषय अध्ययन गर्ने विद्यार्थी संख्या पठाउन भनेकाे हाे।

पत्रमा भनिएकाे छ,‘विद्यालय शिक्षा क्षेत्र योजना School education Sector Plan २०७९/२०८९ सञ्चालन भए पश्चात देहायका विषयहरू Disburshment link Indicator (DLI) समेतमा समावेश भएको र त्यहाँबाट प्राप्त हुने विवरणका आधारमा समष्टिगत प्रतिवेदन तयार हुने भएको हुनाले देहायका विवरण स्थानीय तहबाट संकलन गरी जिल्लागत प्रतिवेदन तयार गरी sesas@cehrd@gmail. मा (Kalimati Font -14 मा तयार गरी पठाइ सहयोग गरिदिनुहुन अनुरोध छ।’

 

प्रकाशित: १२ चैत २०८० १२:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 7 =