शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गर्‍याे यस्तो सूचना

हिमाल प्रेस ३ चैत २०८० १६:४७
986
SHARES
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गर्‍याे यस्तो सूचना

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र,सानोठिमी, भक्तपुरले केन्द्र परिसरभित्र चमेना गृहहरू सञ्चालन गर्नुपर्ने भएकोले इच्छुक व्यक्ति, फर्म तथा संघ/संस्थाहरूका लागि सर्तअनुसार सिलबन्दीे दरभाउपत्र पेस गर्न सार्वजनिक सूचना प्रकाशित गरेको छ।

केन्द्रको सूचनामा भनिएको छ, ‘यस केन्द्रको भवन नं. १ र भवन नं. २ को परिसरभित्र चमेना गृहहरू छुट्टाछुट्टै सञ्चालन गर्नुपर्ने भएकोले नेपाल सरकारबाट प्रचलित कानुन बमोजिम दर्ता भई मू.अ.कर प्रमाणपत्र प्राप्त गरेका इच्छुक व्यक्ति, फर्म तथा संघ/संस्थाहरूबाट निम्न सर्तको अधिनमा २ वटा क्यान्टिनको छुट्टाछुट्टै रितपूर्वकको सिलबन्दीे दरभाउपत्र पेस गर्न हुन यो सूचना प्रकाशित गरिएको छ।’

यस्ता छन् सर्तहरू

१) यो सूचना प्रथमपटक प्रकाशित मितिले १५ औँ दिनसम्म कार्यालय समयभित्र यस केन्द्रको भण्डार फाँटबाट फर्म दर्ता (नविकरण सहित), मू.अ.कर दर्ता प्रमाणपत्रको प्रतिलिपी र आ.व.०७९/८० सम्मको कर चुक्ता गरेको कागजपत्र संलग्न राखी छुट्टाछुट्टै चमेना गृहको लागि छुटै निवेदन पेस गरी राजश्व दस्तुर वापत नगद रु. १०००/– (फिर्ता नहुने गरी) बुझाई कुनै एक वा दुवै चमेना गृहको लागि सिलवन्दी दरभाउपत्र सम्बन्धी कागजात खरिद गर्न सकिने,

२)सम्बन्धित चमेना गृहको लागि खरिद भएका दरभाउपत्रहरु यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १६ औं दिन दिनको १२ः०० बजेभित्र यस केन्द्रको नाममा सम्बोधन गरी दरभाउपत्रदाताको नाम, ठेगाना र फोन नं. समेत स्पष्ट खुलाई फर्मको छाप लगाई सिलबन्दी लाहाछाप गरी यस केन्द्रको भण्डार फाँटमा दर्ता गराउन सकिने छ।

३)दर्ता भएका दरभाउपत्रहरु दरभाउपत्र पेस गर्ने अन्तिम मितिका दिन दिनको २ः०० बजे दरभाउपत्रदाता वा निजका प्रतिनिधिहरु र केन्द्रका प्रतिनिधिहरुको रोहवरमा यस केन्द्रमा खोलिने छ। दरभाउपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभए पनि दरभाउपत्र खोल्न कुनै बाधा पर्ने छैन।

४)दरभाउपत्र खरिद गर्ने र दाखिला गर्ने अन्तिम दिन एवम् खोल्ने दिन सार्वजनिक बिदा परेमा उक्त कार्यहरु बिदाको लगत्तै पछि कार्यालय खुलेको दिन सोही समयमा हुनेछ।

५)दरभाउपत्रमा कवोल गरेको चमेना गृहमा खपत हुने परिकारको दर रेट उल्लेख गर्दा अंक र अक्षर दुवैमा स्पष्ट लेख्नु पर्नेछ। अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ। केरमेट भएको ठाउँमा दरभाउपत्रदाताको सही छाप भएको हुनु पर्नेछ।

६)म्याद नाघी आएको, रीत नपुगेको र सर्त राखिएको दरभाउपत्र उपर कुनै कारवाही गरिने छैन।

७)कार्यालयले तोकेको योग्यता पूरा गर्ने र कम औसत प्रस्तावित मूल्य दररेट भएको प्रस्तावलाई स्वीकृत गरिने छ। साथै कार्यालयले निर्धारण गरेको प्रत्येक मूल्य सूचीमा उल्लेखित दर भन्दा बढी दररेट प्रस्ताव भएको दरभाउपत्र स्वीकृत गरिने छैन।

८)एक फर्मको नाममा खरिद गरिएको दरभाउपत्र अर्को व्यक्ति वा फर्मको नामबाट दाखिला गर्न पाइने छैन।

९)दरभाउपत्र स्वीकृत गर्ने, अस्विकृत गर्ने, रद्द गर्ने र आंशिक रुपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस केन्द्रमा सुरक्षित रहनेछ।

प्रकाशित: ३ चैत २०८० १६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − nine =