शिक्षक नियुक्ति तथा पदस्थापनबारे केन्द्रकाे पत्र

हिमाल प्रेस २६ चैत २०८० १५:५८
1.0k
SHARES
शिक्षक नियुक्ति तथा पदस्थापनबारे केन्द्रकाे पत्र

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले एक सूचना जारी गर्दै ७७ वटै एकाइमा शिक्षकको विवरण र पदस्थापनासम्बन्धी व्यहोरा पठाइएको बताएको छ।

शिक्षक सेवा आयोगको चलानी नम्बर ५८२ को चैत १४ को पत्रसाथ प्राप्त प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाबाट सिफारिस भएका उम्मेदवारहरूको जिल्लागत विवरण पठाइएको केन्द्रले जनाएको छ।

त्यसैगरी गत कात्तिक १३ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएको शिक्षक पदस्थापनका आधार, नियुक्ति तथा पदस्थापन प्रयोजनार्थ ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई पठाइसकिएको पनि केन्द्रले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 16 =