यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

हिमाल प्रेस १४ पुष २०८० १७:१७
20
SHARES
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौँ- सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवकका परिवारलाई जनही १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई राहतस्वरूप १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। बैठकले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ।

सो बापतको रकम अर्थमन्त्रालयले गृह मन्त्रालयलाई निकासा गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताइन्। बैठकले घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कडा कारबाही गर्ने, भविष्यमा यस्ता घटना हुन नदिन गृह मन्त्रालयले सुरक्षा संयन्त्रलाई संयमित र प्रभावकारी बनाउने निर्णय गरेको छ।

गोली चलाउन आदेश दिने कर्मचारी, डीएसी र मन्त्री प्रकाश ज्वालाको पीएसओलाई निलम्बन गर्ने निर्णय भइसकेको उनले बताइन्। अदालतको पूर्ण फैसला आउने भन्ने कुरालाई पनि राम्रोसँग बुझाउन नसक्दा र भिड उत्तेजित भएर क्षति हुन पुगेकाले उपसचिवलाई पनि निलम्बन गरिएको प्रवक्ता शर्माको भनाइ छ।

ईपीएस परीक्षामा सहभागी नगराएको भन्दै शुक्रबार ललितपुरको बालकुमारीमा युवाले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा वीरेन्द्र शाह र सुजन राउतको मृत्यु भएको थियो। प्रदर्शनका क्रममा मन्त्री ज्वालाको गाडी समेत जलाइएको थियो।

याे पनि

ललितपुरका सीडीओ पण्डित र एसएसपी शाहसहित पाँचजनाको जिम्मेवारी खोसुवा

प्रकाशित: १४ पुष २०८० १७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =