इजरायलमा १० नेपालीको निधन : मंगलबार शोक, मृतकका परिवारलाई १० लाख राहत

हिमाल प्रेस २२ असोज २०८० १७:१५
48
SHARES
इजरायलमा १० नेपालीको निधन : मंगलबार शोक, मृतकका परिवारलाई १० लाख राहत

काठमाडौँ– इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएको शोकमा सरकारले मंगलबार राष्ट्रिय शोक मनाउने भएको छ। सोमबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले नेपालीहरूको मृत्यु भएकोमा शोक मनाउने निर्णय गरेको हो।

त्यस्तै इजरायलमा रहेका नेपालीले स्वदेश फर्किन चाहेमा उनीहरूलाई फिर्ता ल्याउने निर्णय पनि सरकारले गरेको सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

त्यस्तै मृत्यु भएका १० जनाको परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ दिने निर्णय पनि सरकारले गरेको छ।

प्रकाशित: २२ असोज २०८० १७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =