मन्त्रिपरिषद्ले मानवअधिकार आयोगको विधेयकको मस्यौदा बनाउन दियो सहमति

हिमाल प्रेस २ कार्तिक २०८० ११:५४
4
SHARES
मन्त्रिपरिषद्ले मानवअधिकार आयोगको विधेयकको मस्यौदा बनाउन दियो सहमति

काठमाडौँ – मन्त्रिपरिषद् बैठकले राष्ट्रिय मानवअधिकार आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ।

सिंहदरबारमा बिहीबार बिहान बसेको मन्त्रिपरिषदको अकस्मात् बैठकले यस्तो निर्णय गरेको हो। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बैठकले मानवअधिकार विधेयक मस्यौदा तर्जुमा गर्न सहमति दिने निर्णय गरेको  छ।

नेपाल र इजिप्टबीचको युवा तथा खेलकुदसम्बन्धी समझदारी कोअपरेसन इन युथ एन्ड स्पोर्टस अफेयर्स गर्न पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। उक्त समझदारीपत्रमा समकक्षीलाई हस्ताक्षर गर्न युवा तथा खेलकुद मन्त्रालयलाई स्वीकृत प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यसैगरी नेपाल र कतार सरकारबीच हुने सूचना र सञ्चार क्षेत्रको सहकार्य गर्ने समझदारीमा पनि स्वीकृति दिने निर्णय भएको छ। यसमा सञ्चार मन्त्रालयले तोकेको व्यक्तिले नै समझदारी गर्नेछ। उनले बेइजिङमा उपचारर्थ श्रेष्ठको स्वास्थ्य अवस्था राम्रो रहेको र उनी अहिले बोल्न सक्ने अवस्थामा रहेका जानकारी पनि दिइन्।

बैठकले चीन भ्रमणमा रहेको बेला हृदयाघात भएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यलाभको कामना गरेको छ।

प्रकाशित: २ कार्तिक २०८० ११:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =