कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि

हिमाल प्रेस १३ पुष २०८० ७:११
6
SHARES
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। सभापति शेरबहादुर देउवाको सभापतित्वमा हिजो बिहीबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठक आज बिहान ११ः०० बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा जारी रहने भएको हो।

आजको बैठकमा सरकारमा रहेका मन्त्रीहरूले आफ्नो मन्त्रालयको प्रगति विवरण प्रतिवेदन पेस गर्ने बताइएको छ।

हिजोको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका केही प्रस्तावहरू प्रस्तुत गरेका थिए भने समुदायमा कांग्रेस अभियानको कार्ययोजनाका सम्बन्धमा महामन्त्री गगनकुमार थापाले र जाजरकोट भूकम्पका सम्बन्धमा सहमहामन्त्री जीवन परियारले बैठकमा जानकारी गराए।

बैठकमा केन्द्रीय सदस्यहरू मीनबहादुर विश्वकर्मा, दिलेन्द्र बडू, कृष्णचन्द्र नेपाली पोखरेल, दिपक गिरी, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, डा.डिला संग्रौला पन्त, कर्णबहादुर बुढा, राजीव कोइराला, नैनसिंह महर, मुक्ताकुमारी यादव, रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, भरतकुमार शाह, सीतादेवी देवकोटाले आफ्नो धारणा राखेका थिए।

कांग्रेस बैठकमा के भयो छलफल?

प्रकाशित: १३ पुष २०८० ७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =