कक्षा कोठा अभावले विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य

हिमाल प्रेस १३ पुष २०८० ६:४७
38
SHARES
कक्षा कोठा अभावले विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य

कालीकोट- कालीकोटको रास्कोट नगरपालिका-३ कोलीकागाउँमा रहेको मालिका आधारभूत विद्यालयमा कक्षा कोठा अभाव हुँदा विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य भएका छन्।

कक्षा कोठा अभाव हुँदा विद्यार्थी छत तथा चौरमा बसेर परीक्षा दिने गरेका छन्। विद्यालयमा कक्षा ८ सम्म पढाइ हुन्छ।

विद्यार्थी अनुपातअनुसारका कक्षा कोठा नभएकाले विद्यालयले विद्यालयकाे एकमात्र भवनको छतमा विद्यार्थी राखेर परीक्षा लिने गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमनाथ योगीले भवन अभावका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीलाई समस्या भइरहेको बताए।

‘हामीले पटकपटक माग गरिरहेका छौँ। नगर सरकारले हाम्रो कुरा नसुनेर अहिले यस्तो हालत छ’, छतमा बसेर परीक्षा दिइरहेका विद्यार्थीलाई देखाउँदै अध्यक्ष योगीले गुनासो गरे।

अर्धवार्षिक परीक्षा दिइरहेका विद्यार्थीको यस्तो अवस्था देखेर आश्चर्य मान्दै नगर सरकारको ध्यान नजानु दुःखद् भएको उनको भनाइ छ।

वडा ३ का वडा अध्यक्ष राजेन्द्रनाथ योगीले आफू मालिका आधारभूत विद्यालयको भवनका लागि कार्यपालिका बैठकमा धेरैपटक कुरा गरे पनि काम नभएको बताए। समाचार, तस्बिर गाेरखापत्र दैनिकबाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − seven =